काठमाडौंको नयाँ बसपार्कबाट विनयजंग बस्नेत पक्राउ

काठमाडौं-बेवारिसे शब व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेत पक्राउ परेका छन् । बीबीसीको प्रभावशाली महिलाहरुको सूचीमा पर्न सफल सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो ।

रोकामगरले आफुमाथि दुर्व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही आधारमा नगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

केही महिनाअघि बेलायती सञ्चारमाध्यामा बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा सपना परेकी थिइन् । म्याग्दी जिल्लाकी सपना सडक र गल्ली किनारमा भेटिएका बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी युवती हुन् ।

Back to top button