भिमेश्वर बितरक संघको बनभोज कार्यक्रम सम्पन्न ( फोटोफिचर सहित)

सुजन काफ्ले
दोलखा । भिमेश्वर बितरक संघको चौथो बार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ।
दोलखा सदरमुकाम चरिकोट केन्द्र बनाएर बिभिन्न व्यापार ब्यवसाय गर्दै आएका हरुको संघ भिमेश्वर बितरक संघको

बनभोज कार्यक्रम बिहिवार भब्यताका साथ सम्पन्न भएको हो।

उद्योग बाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ प्रमुख आतिथ्यमा बितरक संघले चौथो बार्षिक साधारण सभा समेत सप्पन्न गरिएको थियो। कार्यक्रम अध्यक्षता ग्रहण गर्दै भिमेश्वर बितरक संघका अध्यक्ष सुरेन्द्र उप्रेतीले ब्यवसायीको हक हितका लागि सदैब लागिरहने बताए ।

कार्यक्रममा सफल ब्यवसायी दिनेश बस्नेत, पुर्ब अध्यक्ष बिबेक केशी, संघलाई सहयोग गर्ने आनन्द थापा, उत्कृष्ट ब्यापारि शिबलाल चौलागाईंलाइ खादा र प्रमाणपत्रले सम्मानित समेत गरिएको थियो।
कार्यक्रम सन्चालन बितरक संघका सचिब रामशरण बस्नेतले गरेका थिए।
कार्यक्रम ब्यवस्थापन गर्न महत्त्वपूर्ण भुमिका खेल्नेसंघका महासचिव राजकुमार खड्का,  बरिस्ठ पत्रकार शम्भु गौतम , व्यापारी, सेल्स म्यान , कम्पनीका बजार प्रतिनिधि गरि ७० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

Back to top button