
दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका -५ शहरेको जनजागृति माध्यामिक बिधालयमा अक्षय कोषको स्थापना गरिएको छ।
स्वर्गीय प्रेम बहादुर खत्रीको सम्झनामा उनका नाति भुबन केसिले ५० हजारको अक्षय कोषको स्थापना गरेका हुन।
नेपाली काङ्ग्रेसका प्रभावशाली नेता एबम ब्यवसायी केसिले आफ्नो जन्मदिनको खर्च कटाएर कोषको स्थापना गरेको केसिले बताए।
आगामी दिनमा आफ्नो परिवारको जन्मदिन वा विशेष दिन पारेर कोषको रकममा वृद्धि गर्दै लैजाने योजना रहेको उनले बताए।
केसिले मङ्गलबार बिधालयमा पुगेर ५० हजारको चेक बिधालयका प्र.अ नवल किशोर झालाइ हस्तान्तरण गरेका थिए।चेक बुझ्दै प्र.अ झाले केसिलाइ धन्यवाद दिएका थिए।
कोषबाट आएको रकम दलित, गरिब, जेहेन्दार विद्यार्थीलाई खर्च गरिने केसिको भनाइ छ।