एक हप्ता ब्यवसाय बन्द गर्न उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्शको आग्रह

दोलखा। एक हप्ता ब्यवसाय बन्द गर्न उद्योग वाणिज्य संघ र दोलखा चेम्बर अफ कमर्शले आग्रह गरेको छ।
कोरोना भाईरसको माहमारी बढ्दै गईरहेको अवस्थामा दोलखा जिल्लामा समेत लक्षण सहितका संक्रमित बढ्दै गईरहेको र दोलखा जिल्लाको उद्योगी व्यवसायी असाध्यै ठुलो जोखिममा रहेकाले चरिकोट, सिंगटी, मैनापोखरी, मागादेउराली, मालुखोला, लगायत जिल्लाभरका सबै बजार क्षेत्रका आम उद्योगी तथा व्यवसायी ज्युहरु समक्ष संक्रमणबाट बच्न निम्नानुसार गर्न गराउन हुन अपिल गर्दछौं । साथै
जिल्लामा संक्रमण नियन्त्रणका लागि सम्बन्धित निकायहरु समक्ष निम्नानुसारको आग्रह गर्दछौं ।
• २०७८ बैशाख २२ गते देखि बैशाख २८ गते सम्म एक साताका लागि मेडिकल र औषधीजन्य बाहेक
आ-आफ्नो पसल/व्यवसाय बिहान ११ बजे पछि बन्द गर्नहुन अपिल गर्दछौं । ११ बजे सम्म पसल
खोल्दा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नुहुन आग्रह गर्दछौं ।
सबै तिर भिडभाड बढिरहेकाले अत्यावश्यक काममा बाहेक एक साताका लागि आफ्ना यातायातका
साधनहरु सञ्चालन नगर्न सबै उद्योगी व्यवसायीहरुमा आग्रह गर्दछौं।
• जिल्लाका सबै बजार क्षेत्रहरुमा भिडभाड बढेकाले अत्यावश्यक सेवा दिने बाहेकका सरकारी तथा
गैरसरकारी संस्था एक साताका लागि बन्द गर्न सम्बन्धित निकाय समक्ष अपिल गर्दछौं । साथै जिल्ला
भरका बैंक, बित्तीय संस्था तथा सहकारीहरु साप्ताहिक रुपमा समय तालिका मिलाएर भिडभाड नहुने
गरी आलोपालो प्रणालीमा खोल्नका निम्ति आग्रह गर्दछौं ।
• जिल्ला प्रवेश गर्ने मुख्य खरिढुंगा, किर्ने लगायतका नाकाहरुबाट भित्रिने यात्रुहरुको स्वास्थ्य जाँच गरी
क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्न सम्बन्धित निकाय र स्थानीय सरकारहरु समक्ष अपिल गर्दछौं ।
• जिल्लामा पिसिआर र एन्टीजिन किट मार्फत कोरोना परीक्षणको दायरा बढाउन माग गर्दै
संक्रमितहरुको उपचारका लागि आईसोलेसन सेन्टर बढाउन तथा अक्सिजन लगायत अत्यावश्यक
स्वास्थ्य सामग्रीको स्टक राख्न सम्बन्धित निकायहरु समक्ष अपिल गर्दछौं ।

Back to top button