मोरङ जिल्लाभरी निषेधाज्ञा जारी

जेठ १ गतेसम्मका लागी निषेधाज्ञा

विराटनगर । कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभरी नै निषेधाज्ञा जारी गरेको छ ।

बिहिबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको वैठकपछि जिल्लाका १७ वटै स्थानीय तहमा जेठ १ गतेसम्मका लागी निषेधाज्ञा जारी गरिएको हो ।

बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम बैशाख २४ गते राती १२ बजेदेखि लागु हुने गरि जेठ १ गतेसम्मका लागी अल्पकालिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनुभयो ।

यसअघि बैशाख १७ गते बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने निषेधाज्ञा जारी गरेको थियो ।

Back to top button