
विराटनगर । ब्राजिलमा प्रहरी अप्रेशनका क्रममा भएको गोली हानाहानमा एक सुरक्षाकर्मीसहित २५ जनाको मृत्यु भएको छ।
ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ।
गोली हानहानका क्रममा मेट्रो रेलमा सवार दुई यात्रु समेत घाइते भएका छन्। लागुऔषध तस्करहरुले आफ्नो गिरोहमा बालबालिकाको प्रयोग गरिरहेको गुप्तचर निकायको सूचनापछि प्रहरीले त्यहाँ कारबाही गरेको थियो। त्यसपछि दोहोरो गोली हानाहान भएको हो ।