
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । बैठक अपरान्ह ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले जानकारी दिनुभयो ।
उहाँका अनुशार आकस्मिक रुपमा वैठक बोलाइएपनि एजेण्डाका विषयमा जानकारी दिइएको छैन । सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज नै बैठक बोलाइएपछि सवैको चासो बढेको छ ।
प्रधानमन्त्री ओलीले भोली संवैधानिक परिषद्को बैठक पनि बोलाउनुभएको छ ।