अध्यादेश मार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्नु अलोकतान्त्रिक : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्नु अलोकतान्त्रिक र गैरजिम्मेवारपन रहेको बताउनुभएको छ ।

कोभिड– १९ महामारी नियन्त्रण गर्न सरकार केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु अलोकतान्त्रिक भएको उहाँले टिप्पणी गर्नुभएको हो ।

नेता नेपालले फेसबुक पेजमार्फत मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन नमिल्दने भन्दै गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरु तत्काल बन्द गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीले आइतबार संवैधानिक परिषद बैठक बोलाउनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संवैधानिक परिषदसँग सम्बन्धितसहित सात वटा अध्यादेश एकैदिन जारी गर्नुभएको छ ।

Back to top button