नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डौ । नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछन्। दशरथ रंगशालामा दिउँसो साढे २ बजे हुने पहिलो खेलमा विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् ।

यस्तै सोहि रङ्गशालामा नै बेलुका साढे ५ बजे धनगढी एफसी र बुटवल लुम्बिनी एफसी बिच खेल हुनेछ ।

तालिकामा १० अङ्क जोडेको धनगढी शीर्ष स्थानमा छ भने बुटवल पाँच अङ्क जोडर पुछारमा छ । यस्तै, तेस्रो स्थानमा रहेको विराटनगरको सात अङ्क छ भने ६ अङ्क रहेको ललितपुर चौथो स्थानमा छ ।

चितवन भने प्रतियोगिताबाट यसअघि नै बाहिरी सकेको छ ।

Back to top button