एसईई र कक्षा १२ को परिक्षा स्थगित

काठमाडौं । कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमणको फैलने क्रम बढेसँगै यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आज बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

वैठकले परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्मको लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।

Back to top button