खाल्डोमा डुबेर बालकको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका– ९ मा खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । इट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबेर १० वर्षीय बालक अलिअर मियाँको मृत्यु भएको हो ।

बिहान पौने १० बजे भारत बिहार घर भई देवी इट्टा उद्योगमा कार्यरत मजदुर भुसनिया मियाँको १० वर्षीय छोरा अलिअर डुबेर गम्भिर घाइते भएका थिए । उनको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको रंगेली प्रहरीले जानकारी दिएको छ ।

Back to top button