प्रधानमन्त्रीले अरुमाथि दोष थोपर्न मिल्दैन : कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु कार्यकारी प्रधानमन्त्री भएर अरुलाई दोष थोपर्न नमिल्ने बताउनुभएको छ ।

प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिदैं प्रमुख प्रतिपक्षी दलक नेता देउवाले प्रधानमन्त्रीकै कारण आजको अवस्था आएको बताउनुभयो । आइपरेको बताए ।‘प्रधानमन्त्रीले अरुमाथि दोष थोपर्ने र गुनासो गरेर जिम्मेवारीबाट भाग्न पाउँछ ?उहाँले भन्नुभयो ।

झण्डै दुई तिहाईको बहुमतको सरकारको नेतृत्व गरेको अवस्थाबाट यो विश्वासको मत लिनुपर्ने अवस्थामा आइपुग्नुमा प्रधानमन्त्री नै जिम्मेवार रहेको सभापति देउवाले बताउनुभयो ।

प्रधानमन्त्री ओलीलाई आत्मसमिक्षा गर्न सुझाव दिँदै उहाँले भन्नुभयो, ‘मानिस दुनियाँबाट भाग्न सक्छ तर, आफैबाट भाग्न सक्दैन । एकपटक छातीमा हात राखेर भन्नुस्, आफैले आफैलाई सोध्नुस् ।’

देउवाले कोभिड महामारीमा समेत कमिसन र भ्रष्टाचारमा सरकार लिप्त भएको भन्दै यस्तो अक्षम्य अपराधको जनताले जवाफ दिने बताउनुभयो ।

Back to top button