पत्रकार महासंघ दोलखाको भवनमा अक्सिजन सहितको ५ बेडको आइसोलेसन

दोलखा । पत्रकार महासंघ दोलखा शाखाको भवनमा अक्सिजन सहितको पाँच बेड क्षमताको आइसोलेसन निर्माण गरिएको छ । फर्न्टलाइनमा खटिने जिल्लाका क्रियाशिल पत्रकारहरुलाई  कोरोना भाइरस संक्रमण देखिए उपचारका लागि शाखाले आइसोलेसन निर्माण गरेको हो। सङ्क्रमणको  दर वृद्धि हुँदै गएकाले  पत्रकारहरुलाई पनि संक्रमण हुनसक्ने र पत्रकारहरुको उपचारका लागि आइसोलेसन निर्माण गरिएको पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशङकर चौलागाईंले बताए। आइसोलेसन निर्माणको लागि सामुदायिक अस्पताल चरिकोटले पाचवटा बेड र पाँचवटा अक्सिजनको सिलिन्डर सहयोग गरेको थियो। जिल्लामा संक्रमणको जोखिम देखिएकाले पत्रकारहरुको उपचारलागि सामाग्री सहयोग गरेको सामुदायिक अस्पताल चरिकोटका संचालक अमृत बुढाथोकीले बताए । आबश्यक परे थप सहयोग गर्न समेत आफू तयार रहेको सन्चालक बुढाथोकीले बताए।स्वास्थ्य सामग्री सहयोग गरेकोमा सामुदायिक अस्पताललाई अध्यक्ष चौलागाईं विशेष धन्यवाद व्यक्त गरेका छ्न ।पत्रकारलाई संक्रमण नदेखिएकोअवस्थामा सङ्क्रमित सर्वसाधारणलाई पनि आइसोलेसनमा राखिने  महासंघले जनाएको छ।                                                   दोलखाका  पत्रकारहरूका उपचारका लागि सहयोग गर्ने भन्दै सामाजिक सन्जालमा यस्तो लेखेका छन अध्यक्ष दिपशङकर चौलागाईंले

Back to top button