काठमाडौंका सबैअस्पतालले ७५ प्रतिशत बेड कोरोनाका बिरामीलाई छुट्याउनुपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोभिड–१९ को संक्रमणको अवस्था जटिल बनेको बताउनुभएको छ । मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले दोस्रो लहरको संक्रमण ज्यादै संक्रामक भएकोले अवस्था जटिल बन्दै गएको बताउनुभयो ।

‘संक्रमण तीव्र रुपमा बढ्दै गएपछि अक्सिजनको मागपनि अत्यधिक बढेको बताउनुभयो । उहाँले मागअनुसारको अक्सिजन उपलब्ध गराउन प्रयासरत रहेपनि कठिन भइरहेको बताउनुभएको छ ।

यस्तै मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोनाको दोस्रो लहरको संक्रमणलाई हालको संरचनाले थेग्न हम्मेहम्मे परिरहेको बताउनुभयो । उहाँले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले निजी अस्पतालका पनि ७५ प्रतिशत बेड कोरोनाका बिरामीका लागि उपलब्ध गराउने निर्णय भएको बताउनुभयो ।

अक्सिजनको समस्या समाधानका लागि लिक्विड अक्सिजन टंयाक किन्ने प्रक्रिया सुरु गरिएको जानकारी दिँदै सचिव अर्यालले कोरोना रोकथाम सरकारको प्राथमिकता रहेपनि खोप खरिदमा भने केही जटिलता आएको बताउनुभयो । उहाँले स्वास्थ्यसामाग्री खरिदका लागि १४ अर्ब बजेट अर्थमन्त्रालयबाट सुनिश्चितता भएको जानकारी दिनुभयो ।

Back to top button