देशभरका प्रहरी युनिटलाई स्वास्थ्यसामाग्री बाड्दै नेपाल खेलकुद महासंघ

विराटनगर । नेपाल खेलकुद महासंघले कोरोना संक्रमणको महामारीका बिच फ्रन्टलाईनमा खटिने प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गर्ने अभियान संचालन गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतको संयोजकत्वमा गठित समितिले हालसम्म ३५ जिल्लामा अभियान संचालन गरिसकेको छ ।

‘नेकोसको आह्वान, कोभिड नो भिड’ भन्ने नाराका साथमा अभियान संचालन भइरहेको अभियानका संयोजक बस्नेतले बताउनुभयो । २४ सै घण्टा जनताको सुरक्षाको निम्ति फ्रन्टलाईनमा खटिने सुरक्षाकर्मीको मनोबल उच्च बनाउन अभियानले सहयोग गर्ने उहाँको विश्वास छ ।

तपाईहरूको साथमा हामी छौं भन्ने सकारात्मक सन्देश प्रवाह गर्दै अभियानलाई ७ प्रदेश ७७ जिल्लाका सवै स्थानीय तहमा अभियान संचालन हुने बस्नेतले बताउनुभयो ।

महासंघले स्वास्थ्यसामाग्री वितरणसंगै आवश्यकता अनुशार कोभिडबाट ज्यान गुमाउनेको शव उठाउने र सतगद गर्नेसम्मका काम पनि स्वयंसेवीका रुपमा गर्ने उहाँले बताउनुभयो ।

यस्तै खेलकुद मन्त्रालयसंगको समन्वयमा विभिन्न क्षेत्रमा आईसोलेसन केन्द्र बनाउने तयारी भइरहेको संयोजक बस्नेतले जानकारी दिनुभयो ।

महासंघको यो समितिमा सवै उपाध्यक्ष तथा पदाधिकारी, जिल्लाका अध्यक्ष तथा पधादिकारीहरू सदस्य रहेका छन् ।

Back to top button