भरुवा बन्दुकसहित चार जना पक्राउ

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउने सामाग्रीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय ४२ वर्षीय डम्बरबहादुर कार्की, ३५ वर्षीय दोर्ण कार्की, २६ वर्षीय रबिन्द्र कार्की र ७४ वर्षीय कृष्ण बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

डम्बर, दोर्ण र रबिन्द्र भरुवा बन्दुक ३ थान, मरेको मृगको टाउको, सालकको खपटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रालगायतका सामग्रीसहित पक्राउ परेको जिल्ला प्रहरी खोटाङले जनाएको छ ।

बिकलाई भरुवा बन्दुकको ५ थान नाल, भरुवा बन्दुकको बट १ थानलगायत भरुवा बन्दुक बनाउने औजारसहित प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी खोटाङले जनाएको छ ।

Back to top button