पार्टीभित्रको विवाद मिलाउन एमाले अध्यक्ष र वरिष्ठ नेताबिच छलफल हुँदै

कार्यदलका सदस्यता टुङ्ग्याइने

काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच छलफल हुदैछ ।

गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गर्नुभएका नेताद्धयले आज त्यसैलाई निरन्तरता दिँदै कार्यदलमा रहने सदस्यबारे टुङ्गो लगाउने सम्भावना छ ।

कार्यदलमा रहने सदस्यहरुको नाम टुंग्याउने गरी दुई नेता बस्ने कुरा भएपनि समय तय भइनसकेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभएको छ ।

Back to top button