आज ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हिजो संक्रमण मुक्त हुनेको संख्या ५ हजार ४ सय ५५ जना थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार आज देशभर ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । १९ हजार ५ सय ३९ पीसीआर परीक्षणबाट ७ हजार ३ सय १६ जना र ३ सय ४४ एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

यहि अवधिमा देशभर १ सय ४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Back to top button