ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा । झापा गाउँपालिका २ बाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । झापा गाँउपालिका २ का २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा १ का १९ वर्षीय प्रताप लिम्बु पक्राउ परेका छन ।

पैदल हिडिरहेका तिनै जनालाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट ५३० मिलिग्राम ब्राउनसुगर, ब्राउनसुगर नाप्ने डिजिटल तराजु २ थान र नगद ५९ हजार बरामद भएको जिल्ला प्रहरी झापाले जनाएको छ ।

Back to top button