स्काउटद्वारा चिकित्सक परामर्श सेवा सुरु

विराटनगर । के तपाईं होम आइसोलेसनमा बस्नु भएको छ ? वा स्वास्थ्यमा कुनै समस्या छ ? कतै स्वास्थ्यमा समस्या आएर पनि निषेधाज्ञाले अस्पतालसम्म जान पाउनु भएको छैन ? यदी छ भने अब चिन्ता नलिनुस् । नेपाल स्काउट प्रदेश १ ले सबै स्वास्थ्य समस्या समाधानका लागि चिकित्सक परामर्श दिन ‘समस्या तपाईंको, सहायता हाम्रो’ अभियान सुरु गरेको छ ।

स्काउटले कोरोना महामारीको समयमा विज्ञ चिकित्सकसँग फोनबाट नै स्वास्थ्यसम्बन्धी परामर्श लिएर स्वास्थ्य लाभ गर्ने सेवा आइतबारदेखि सुरु गरेको हो । कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका र निषेधाज्ञाले घर बाहिर निस्किन नसक्नेहरुका लागि चिकित्सक परामर्श सेवा सुरु गरेको नेपाल स्काउट प्रदेश १ का संयोजक रबि खनालले बताउनु भयो ।

उहाँका अनुसार परामर्श सेवाका लागि २३ जना चिकित्सक र एक जना पोषणविद्सँग प्रदेश १ का १४ वटै जिल्लाबाट स्वास्थ्यसम्बन्धी जिज्ञासाको बारेमा जानकारी लिन सक्ने व्यवस्था गरिएको छ ।

यस प्रदेशमा आइतबारसम्ममा ९ हजार ५ सय ५० जना कोरोना संक्रमित होम आइसोलेसनमा छन् । ‘यस्तो अबस्थामा स्वास्थ्यसम्बन्धी परामर्शका लागि विज्ञ चिकित्सकको नाम र मोवाइल नम्बर सार्वजनिक गरेर सेवा सुरु गरिएको खनालले बताउनु भयो ।

Back to top button