
मोरङ । विराट समाजले विराटनगरमा बिपन्न, गरिव, सुकुम्बासी तथा दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्दै आएकाहरुका लागि मंगलबारदेखि निःशुल्क भोजन सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले जेठ २ गतेदेखि सार्वजनिक विकास निर्माण बाहेकका कामकाजमा रोक लगाएपछि दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्दै आएकाहरुलाई छाँक टार्न समस्या भएपछि विराटनगरस्थित केसलीया रोडमा निःशुल्क भोजन अभियान सुरु गरेको समाजका अध्यक्ष अक्षय सहनीले बताउनु भयो ।
उनले निषेधाज्ञा अबधीभरि बिपन्न, गरिव, सुकुम्बासी तथा दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्नेहरुका लागि निःसुल्क भोजन अभियान सन्चालन गर्ने बताउनु भयो । सहनीका अनुसार मंगलबार ३ सय ५० जनाले भोजन गरेका छन् ।
‘खाना प्याक गरेर राखेपछि इच्छा लागेका व्यक्तिले घरमै खाने गरी लिएर जाने व्यवस्था गरेका छौं,’ उहाँनले भन्नुभयो, ‘निषेधाज्ञामा कोही भोको नरहुन भन्ने उद्देश्यले निःशुल्क खाना घरमै बसेर सुरक्षित साथ खाने व्यवस्था गरेका हौं ।’
निःशुल्क खाना अभियानमा कांग्रेसका नेता डा. शेखर कोइराला, प्रदेश १ का कांग्रेसका प्मुख सचेतक तथा समाजका संरक्षक केदार कार्कीले सहयोग गरेकाो सहनीले बताउनु भयो ।