नेपालमा कोरोना भाइरसको थप दुई नयाँ प्रजाति फैलियो, सतर्कता अपनाऔं

काठमाडौं । के तपाइँ सतर्कता पूर्वक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइरहनु भएको छ ? अपनाउनु हुन्न भने अब कठोरतापूर्वक अपनाउनु होस् । किनकी नेपालमा कोरोना भाइरसको थप दुई नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ ।

नयाँ प्रजातिका कोरोना भाइरस बच्चादेखि वृद्धसम्ममा आक्रामक रुपमा फैलिने र निकै जोखिमपूर्ण अवस्था मा पुर्‍याउने भएकाले सतर्क भई स्वास्थ्य सुरक्षा मापदण्ड कठोरता पूर्वक अपनाऔं

यो भाइरस बच्चादेखि वृद्धसम्म सबै उमेर समूहमा आक्रामक तरिकाले फैलिएर निकै जोखिमपूर्ण अवस्था आउने अध्ययनहरुले प्रमाणित भइसकेकाले सबैलाई कठोरता पूर्वक जनस्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तीमा जारी गरी कोरोनाको संक्रमण रोक्नका लागि सबैलाई सचेत र सतर्क भई कठोरता पूर्वक जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नु भएको छ ।

नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति बी.१.६१७.२ र बी.१.६१७.१ भाइरस फेला परेको विज्ञप्तीमा उल्लेख छ । यी प्रजातिका दुई म्युटेन्ट भाइरस निकै आक्रामक तरिकाले फैलिने र जोखिमपूर्ण रहेको अध्ययननबाट पुष्टि भइसकेकाले सबैलाई सतर्क रहन विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।

देशका विभिन्न भागबाट गत साता संकलित कोरोना संक्रमितहरुको ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ पछि प्राप्त नतिजा अनुसार ९७ प्रतिशत अर्थात् ३४ जनामा बी.१.६१७.२ र ३ जनामा बी.१.६१७.१ भाइरस फेला परेको विज्ञप्तीमा उल्लेख छ।

परिवर्तित दुई भाइरससँगै नेपालमा फैलिएको कोरोना भाइरसको नयाँ प्रजातिको संख्या तीन पुगेको छ । यसअघि नेपालमा युके भेरिएन्ट फैलिएको मन्त्रालयले जनाएको थियो ।

Back to top button