ट्रेकिङ गएका शेर्पाको हिउँमा चिप्लेर मृत्यु

सोलुखुम्बु । पासाङल्हामु गाउँपालिका ४ स्थित बेशक्याम्प २ पुगेर आधार शिविरतर्फ फर्कने क्रममा हिउँमा चिप्लेर १ जनाको मृत्यु भएको छ । याफुका २८ वर्षीय पेम्बा टासी शेर्पाको मृत्यु भएको हो ।

मृतक शेर्पाको शव आधार शिविरमा राखेको र हेलिकप्टरबाट लुक्लातर्फ लैजाने तयारी भईरहेको जिल्ला प्रहरी सोलेखुम्बुले जनाएको छ ।

Back to top button