नेपालमा ‘रेम्डिसिभिर’को उत्पादन सुरु

काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेको ‘रेम्डिसिभिर’को हाहाकार भएको बेला नेपालमै उत्पादन सुरु भएको छ । नेशनल हेल्थ केयर विरगञ्जले लाइसन्स लिएर उत्पादन सुरु गरेको हो ।

नेशनलले नेपालमा पहिलो पटक लाइसेन्स लिएर परीक्षण उत्पादन गरिसकेपछि व्यवसायिक उत्पादन सुरु गरेको नेपाल औषधी उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले बताउनु भयो । अबको एक महिनाभित्र बजारमा आइसक्ने उहाँले बताउनु भयो ।

कोरोना संक्रमण बढेपछि रेम्डिसिभिरको माग अत्यधिक भए पनि आपूर्ति सहज छैन । भारतमा कोरोना संक्रमण बढेसँगै रेम्डिसिभिरको निर्यातमा रोक लगाएपछि नेपाल सरकारले बंगलादेशबाट आयात गरेको छ ।

रेम्डिसिभिरको अभाव भएपछि नक्कली रेम्डिसिभर बिक्री गर्नेको समेत बिगबिगी बढेको छ । अहिले बजरामा कालोबारीमा तीन सयभन्दा बढी प्रतिशत महंगोमा कारोबार भइरहेको छ ।

Back to top button