नेगेटिभ रिपोर्ट आएपनी सामुदायिक क्वारेन्टाइनमा बस्छन वडा अध्यक्ष काफ्ले

दोलखा । जनप्रतिनिधिहरुले राजधानी लगायतका जिल्ला फर्केका नागरिकलाई होम क्वारेन्टाइन राख्दा कोरोना सङ्क्रमण बढेको भन्दै चर्को आलोचना भइरहेको छ। होम क्वारेन्टाइनमा राखिएकाहरु पनि विभिन्न बहाना बनाउदै गाउँघर घुम्नाले कोरोना गाउँ गाउँ फिजिएको छ। यतिबेला । तामाकोसी गाउँपालिकामा मात्रै कोरोना पोजिटिभ आउनेको सङ्ख्या १ सय नाघिसकेको छ भने एउटा वडा सिल समेत गरिएको छ। तामाकोसी गाउँपालिकाका एक वडा अध्यक्ष भने काठमाडौमा पिसिआर गरेर रिपोर्ट नेगेटिभ आएको भोलिपल्ट गाउँ फर्किदा पनि उनी गाउँमा स्थानीयहरु सगै सामुदायिक क्वारेन्टाइन बसेका छन। ती वडा अध्यक्ष हुन वडा नम्बर १ भिरकोटका वडा अध्यक्ष महेश काफ्ले। श्रीमतीलाई कोरोना पोजिटिभ देखिएपछि उनी काठमाडौ गएका थिए । केही दिन काठमाडौ बसेर गाउँ फर्किने अघिल्लो दिन उनको कोरोना रिपोर्ट नेगेटिभ आयो । रिपोर्ट नेगेटिभ आएको भोलिपल्ट उनी गाउँ त आए तर घर भने गएनन् । बिहिवार भिरकोट आइपुगेका उनी सामुदायिक क्वारेन्टाइनमा बसेका छ्न। कोरोना सङ्क्रमण तीब्र गतिमा बढिरहेका बेला जिल्ला बाहिरबाट आएका स्थानियहरु सामुदायिक क्वारेन्टाइन नबसिरहेका बेला रिपोर्ट नेगेटिभ आउँदा पनि गाउँमा आएर सामुदायिक क्वारेन्टाइनमा बसेका वडा अध्यक्षको सामाजिक संजालमा राम्रो प्रशंसा भएको छ। विभिन्न सामाजिक काम गरेर चर्चामा आएका वडा अध्यक्ष काफ्ले जिल्लामा उदाहरणिय वडा अध्यक्षको रुपमा परिचित रहेका छन।

Back to top button