![](https://sunauloonline.com/wp-content/uploads/2021/05/spain.jpg)
काठमाडौं । स्पेन सरकारले कोरोना महामारी रोकथाम तथा उपचारका लागि प्रदान गरेको स्वास्थ्य सामग्री बिहीबार नेपाल आइपुगेको छ ।
स्वास्थ्य तथा जनसंख्ख्या मन्त्री हृदयेश त्रिपाठीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्पेन सरकारले पठाएको स्वास्थ्य सामग्री बुझ्नु भएको हो ।
स्पेन सरकारसँग पहल गरेर नेपाली राजदूत दावाफुटी शेर्पाले चार्टर विमानबाट भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, एन्टिजेन किट, पीपीई लगायतका स्वास्थ्य सामग्री लिएर आइपुग्नु भएको छ ।