ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ मा बिहीबार भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । खोटाङ रावावेशी ४ का २५ वर्षीय नेत्रबहादुर गुरुङको मृत्यु भएको हो ।

प्रदेश१–०२–००३त ०२८० नम्बरको ट्याक्टरमा सडक निर्माणका लागि मिक्स्चर बोकेर जाँदै गरेको अबस्थामा सडकबाट २० मिटर तल खस्दा ट्याक्टरमा सवार गुरुङको घट्नास्थलमा मृत्यु भएको जिल्ला प्रहरी खोटाङले जनाएको छ ।

ट्याक्टरका चालक र सह चालक घाईते छन् । उनीहरुको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button