नेपाली कांग्रेसको आकस्मिक बैठक बस्दै

काठमाडौं । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठक बस्ने भएको छ । बैठक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केहिबेरपछि बस्न लागेको हो ।

वैठकमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीहरुको सहभागिता रहने छ। वैठकमा राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका बिषयमा छलफल हुने पार्टीस्रोतले बताएको छ ।

Back to top button