कांग्रेसको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा पछिल्लो विकसित राजनीतिक घट्ना क्रमको विषयममा छलफल गर्न बैठक सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनका लागि विश्वासको मत प्राप्त गर्ने आधाार प्रस्तुत गर्न आज शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकाले कांग्रेसको बैठक बसेको हो ।

कांग्रेस बैठकमा राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव र सरकार गठनलगायतका विषयमा छलफल सुरु भएको एक नेताले बताउनु भयो ।

संविधानको धारा ७६ को उपधारा ३ अनुसारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नै नलिएको अवस्थामा राष्ट्रपतिले एकै पटक उपधारा ५ अनुसारको सरकार गठनको प्रक्रिया सुरु गरेपछि कांग्रेसले विरोध जनाएको छ ।

Back to top button