इजरायल र प्लोस्टाइनबीच युद्धविराम

काठमाडौं । ११ दिनदेखि जारी हिंसात्मक युद्ध इजरायल र प्यालेष्टाइनले आजदेखि युद्धविराम गरेका छन् । यो युद्धमा बालबालिकासहित करिव २ सय ४४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

इजरायली मन्त्रिपरिषद र प्यालेस्टिनी विद्रोही हमासका अधिकारीले बिनासर्त युद्धविराम गरेका छन् । युद्धविरामका लागि चर्को दवाव आइरहेको बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्रीलाई बुधबार फोन गरेर संघर्षविरामका लागि पहल गर्न आग्रह गर्नु भएको थियो ।

इजिप्ट, कतार र संयुक्त राष्ट्र संघले समेत युद्धविरामका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले दुई वटा सुरक्षा टोलीलाई युद्धविरामका लागि पहल गर्न निर्देशन दिनु भएको थियो ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसलगायतले युद्धविरामको स्वागतका साथै युद्धका क्रममा मारिएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्नु भएको छ ।

युद्धविरामपछि गाजाबासीले खुशियाली मनाएको र जेरुसलम शान्त देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पूर्वी जेरुसेलममा गत शुक्रबार अल मक्सा मस्जिद नजिक भएको झडपबाट सुरु भएको युद्ध तीन दिन नबित्दै सोमबारदेखि दुवै पक्षबाट रकेट र मिसाइल हमला सुरु भएको थियो ।

यहुदीहरुको पवित्र धार्मिक स्थल जिसस क्राइष्टको जन्मथलो जेरुसेलम स्थित अल अक्सा मस्जिदमा प्यालेष्टिनीलाई प्रवेशमा प्रतिबन्ध लगाएपछि विवाद चर्केको थियो ।

Back to top button