राष्ट्रपति र प्रधानमन्त्रीको कदम सर्वोच्चको फैसला विपरित : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति र प्रधानमन्त्रीको कदम सर्वोच्च अदालतको संवैधानिक इजलासको गत फाल्गुन ११ गतेको संसद पुनर्स्थापनाको फैसला विपरित भएको बताउनु भएको छ ।

अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ठ रुपमा देखेको आवश्यकताका आधारमा जनतालाई आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन र आवधिक निर्वाचन घोषणा संविधानको मर्म र उद्देश्य विपरि भएको उहाँले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

Back to top button