प्रदेश १ मा थपिए ८८८ संक्रमित

विराटनगर । प्रदेश १ मा आज ८८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १६४, बेलबारीमा २२, केराबारीमा १५, पथरीशनिश्चरेमा १२, बुढीगंगामा १०, उर्लाबारीमा ५, जहदामा ४, ग्रामथान, धनपालथान र सुन्दरहरैचामा २–२, रंगेली, सुनबर्षी, मिक्लाजुङ, कानेपोखरी, कटहरी र स्थानीयतहनखुलेका १–१, सुनसरीको धरानमा ८०, इटहरीमा ३५, इनरुवामा १०,दुहवीमा ६,देवानगञ्ज र बराहक्षेत्रमा ५–५, बर्जुमा ४, रामधुनी, हरिनगर, भोक्राहानरसिंह, गढी र स्थानीय तह नखुलेका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ८५, विर्तामोडमा ३७, बुद्धशान्तिमा ३२, कनकाईमा २९, भद्रपुरमा २५, अर्जुनधारामा २३, मेचीनगरमा १२, कमलगाउँपालिकामा ९, गौरादहमा ६, शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, बाह्रदशीमा ३, हल्दिबारी र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको हो ।

संखुवासभाको खाँदबारीमा ३१, चैनपुरमा १९, सभापोखरीमा ३, सिलिचोङमा २ र धर्मदेवीमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ४६ र स्थानीयतहनखुलेका १, इलामको फाकफोकथुममा१५, इलामनगरपालिकामा १३, रोङ र चुलाचुलीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा १३, पाख्रिवासमा ३, छथर र महालक्ष्मीमा १–१, सोलुखुम्वुको सोलुदुधकुण्डमा १०, महाकुलुङ र थुलुङ दुधकोशीमा २–२, माप्यदुधकोशी र खम्वु पासाङल्हामुमा १–१, उदयपुरको त्रियुगामा ४, बेलका र स्थानीय तह नखुलेका २, ओखलढुङ्गाको चिशंखुगढी र भोजपुरको षडानन्दमा २–२, पाँचथरको फिदिम र तेह्रथुमको आठराईमा १–१ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५० हजार ४६८ पुगेको छ । संक्रमित भएकामध्ये ३२ हजार २६६ जना संक्रमण मुक्त भएका छन् । आज २५७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १७ हजार ४५६ पुगेको छ । प्रदेश १ मा आज २ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

 

Back to top button