
काठमाडौं । जनता समाजवादी पार्टीको काार्यकारिणी समितिको बहुमतको आधारमा उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरलगायतका नेतालाई स्पष्टीकरण सोधको छ । पार्टी निर्णविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाएको आरोपमा स्पष्टीकरण सोधेको हो ।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध कार्य गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरिएको यादव समूहका एक नेताले बताउनुभयो ।
प्रधानमन्त्री ओलीलाई सघाएको आरोपमा अर्को चरणमा थप अन्य नेताहरुलाई पनि कारवाही गर्ने तयारी यादव समूहले गरेको स्रोतको भनाई छ । यसले जसपा पनि फुटको संघारमा पुगेको नेताहरुले टिप्पणी गर्नु भएको छ ।