राष्ट्रपतिको स्वविवेकीय अधिकार बारे उजुरी लाग्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार बारे कहीपनि उजुरी नलाग्ने बताउनु भएको छ ।

संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको स्वविवेकीय अधिकार बारे सर्वोच्च अदालतमा उजुरी लाग्नै नसक्ने उहाँको भनाई छ ।

वालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री आलीले राष्ट्रपतिको संवैधानिक स्वविवेकीय अधिकारविरुद्ध प्रश्नसमेत उठाउन नपाइने तर्क गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनका लागि प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीले आधार प्रस्तुत गर्नुभएको थियो ।

त्यसपछि राष्ट्रपति भण्डारीले दुबै जनामध्ये कसैको आधार पुष्टि नभएको निर्णय गरेपछि मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटन र निर्वाचन मिति घोषणा गर्नु भएको छ ।

Back to top button