जसपा अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई स्पष्टिकरण सोध्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ‘महन्थ ठाकुर पक्ष’ को कार्यकारिणी समितिको बैठकले जसपा अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पार्टीमा कुनै छलफल नै नगरि माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनमा सामेल भएको तथा पार्टीको हितविपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि हिजो बसेको उपेन्द्र यादवपक्षको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

Back to top button