दुई दिनको तयारीपछि विपक्षी गठबन्धनले गरायो सर्वोच्चमा रिट दर्ता

काठमाडौं । विपक्षी गठबन्धनले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । संसद विघटनलाई असंवैधानिक भन्दै विपक्षी गठबन्धनका १४६ सांसदले आज रिट दायर गरेका हुन् ।

दुई दिन लामो तयारीपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सदस्यहरू सर्वोच्चमा उपस्थित हुनुभएको थियो ।

रिट निवेदनमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश मागिएको छ भने अन्तरिम आदेशबाट निर्वाचन बदर र एमालेलगायत जसपाका सांसदलाई कारवाहीबाट जोगाउन माग गरिएको छ ।

Back to top button