खोप खरिदका लागि मित्रराष्ट्रहरुसँग पत्राचार गरेका छौं : मन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि विभिन्न मित्रराष्ट्रसँग कुरा भइरहेको बताउनुभएको छ । उहाँले अमेरिका, बेलायत, रुस, भारत र चीनसँग उच्चस्तरीय पहल गरि पत्राचार समेत गरिएको जानकारी दिनुभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले नर्वेमा स्टकमा रहेको खोप ल्याउनका लागि आफूले नर्वेली राजदूतसँग कुरा गरेको र सकारात्मक जवाफ पाएको बताउनुभयो ।

मित्रराष्ट्रबाट अहिलेसम्म २ अर्ब बराबरको स्वास्थ्य सामाग्री नेपालले प्राप्त गरेको जानकारी दिँदै उहाँले थप मुलुकहरुले स्वास्थ्य सहायता उपलब्ध गराउन चाहेको बताउनुभयो ।

यसैगरि मन्त्री त्रिपाठीले नेपाल प्रवेश गर्ने १४ वटा मुख्य नाकामा एन्टीजेन परीक्षण र स्क्रिन टेस्ट गर्ने हेल्थ डेस्क स्थापना गरिएको जानकारी दिनुभयो । यस्तै ४५ वटा निजी अस्पतालहरुसँग सम्झौता गरि निशुल्क उपचार हुने व्यवस्था मिलाइएको मन्त्री त्रिपाठीले बताउनुभयो ।

स्वास्थ्य त्रिपाठीले आगामी चारसातापछि संक्रमणको गति घट्न सक्ने विश्वास ब्यक्त गर्नुभएको छ । उहाँले अहिले फैलिएको नयाँ भेरिएन्ट संक्रामक र घातक भएको भन्दै मानवीय आवतजावतलाई रोक्नु महत्वपूर्ण रहेको बताउनुभयो ।

Back to top button