मोरङमा जेठ १७ सम्म थपियो निषेधाज्ञा

विराटनगर । कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञाको समयावधि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जेठ १७ गतेसम्मका लागी निषेधाज्ञाको आदेश गर्नुभएको हो ।

आज बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राती १२ बजेदेखि लागु हुने गरि निषेधाज्ञा जारी राख्ने निर्णय भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो । उहाँले सुनसरी, मोरङ र झापाको निषेधाज्ञामा एकरुपता कायम गर्ने समेत निर्णय भएको बताउनुभयो ।

मोरङमा पहिलोपटक बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि निरन्तर निषेधाज्ञाको समयावधि थप हुदै आएको छ ।

Back to top button