पार्टीबाट निष्कासन गर्नु ओली गुटको कथित कारबाहि : नेता नेपाल

लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न अपील

काठमाडौं । नेकपा एमालेबाट निष्कासित गरिएका नेता माधवकुमार नेपालले आफूहरुमाथिको निष्कासनको कारवाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको टीप्पणी गर्नुभएको छ ।

उहाँले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता,शक्ति र माफियाको जगमा उभिएर आफुहरुका सुझाव कहिल्यै नसुनेको मात्र प्रतिशोध मात्र साँध्ने मात्र काम गरेको बताउनुभयो । यो कारवाहीलाई नेता नेपालले ओली गुटले गरेको कथित कारबाहीको संज्ञा दिनुभएको छ ।

यस्तै नेता नेपालले ओली सरकारलाई बढारेर मुलुकमा कानूनी राज स्थापना गर्न आह्वान गर्नुभएको छ । आज अपिल जारी गर्दै उहाँले प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानूनको राज स्थापना गर्ने दायित्व आइपरेको उल्लेख गर्नुभएको छ ।

नेपालले सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले आफूहरूलाई सुम्पेको दावी गर्नुभएका उहाँले ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न अपील गर्नुभएको छ ।

Back to top button