राष्ट्रपतिबिचको संवाद लगत्तै १० लाख डोज खोप दिने चीनको घोषणा

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाललाई तत्काल १० लाख डोज कोरोना भाईरस विरुद्धको खोप उपलब्ध गराउने भएको छ । आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सि चिनपिङसँग टेलिफोन वार्ता गरेलगत्तै चीनले थप १० लाख डोज कोरोनाको खोप अनुदान दिने भएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनपिङले आज यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिनुभएको छ । चीनले यसअघि पनि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो।

Back to top button