अमेरीकामा गोली चल्दा ८ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ। क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन्।

रेलवे स्टेशन नजिक रेलवेका कर्मचारीको छलफल चलिरहेकै बेला ति बन्दुकधारीले गोली चलाएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ। बिबिसिका अनुसार गोलीकाण्ड गर्नु अघि ती व्यक्तिले आफनो घरमा आगजनी गरेका थिए। बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका छन्।

Back to top button