अपरान्ह ४ बजे प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले सरकारका नीति, योजना तथा आगामी बजेटलगायतका विषयमा सम्बोधन गर्ने अनुमान गरिएको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेमा गत जेठ ७ गते संसद विघटन गरेपछि नयाँ बजेट अध्यादेशबाट आउँदैछ ।

Back to top button