आइतबार चीनबाट २ लाख डोज खोप आउँछ : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आगामी आइतबार उत्तरी छिमेकी मुलुक चीनबाट कोराना विरुद्धको २ लाख डोज खोप आइपुग्ने बताउनुभएको छ ।

स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा मन्त्री ज्ञवालीले यस्तो जानकारी दिनुभएको हो । मन्त्री ज्ञवालीका अनुशार चीनले अनुदानमा दिने घोषणा गरेको १० लाख खोप मध्येबाट २ लाख डोज आइतबार आइपुग्ने भएको हो ।

यस्तै उहाँले कोरोना विरुद्धको खोप सवै नेपालीलाई लगाउने लक्ष्यका साथ सरकारले प्रयास गरिरहेको भन्दै १० दिनभित्र नेपालमा कोरोना संक्रमण विरुद्धको खोपमा ब्रक थु्रनै हुने विश्वास ब्यक्त गर्नुभयो ।

दुईदिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले चीनियाँ समकक्षी सि जिनपिङसँग टेलिफोन वार्ता गरेलगत्तै चीनले नेपालका लागि १० लाख डोज खोप दिने घोषणा गरेको थियो ।

Back to top button