संस्थानतर्फ सबभन्दा बढी आयकर तिर्नेमा दुर सञ्चार

सबभन्दा बढी नाफा कमाउनेमा आयल निगम

काठमाडौं । नेपालमा संचालित संस्थानहरुमध्ये सबभन्दा बढी आयकर तिर्नेमा दुर सञ्चार संस्थान दरिएको छ । सार्वजनिक संस्थाले एक वर्षमा तिरेको १९ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ आयकरमा दुर सञ्चार संस्थानको ६ अर्ब ९१ करोड ३० लाख रुपैयाँ योगदान रहेको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६–७७ मा आयकर तिर्नेमा दोस्रो स्थानमा नेपाल आयल निगमले ४ अर्ब ४१ करोड ३० लाख रुपैयाँ योगदान गरेको छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ८५ करोड ७४ लाख, कृषि विकास बैंकले १ अर्ब ७१ करोड ८५ लाख र नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब ५१ करोड रुपैयाँ आयकर तिरेको मन्त्रालयले जनाएको छ ।

संस्थानहरुमा २८ हजार ३६४ जनाले रोजगारी पाएका छन् । संस्थानहरुले एक वर्षको अवधिमा ४८ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ ।

सबभन्दा बढी आयल निगमले १२ अर्ब ९१ करोड ४८ लाख, नेपाल विद्युत प्राधिकरणले ११ अर्ब ३ करोड ८५ लाख, नेपाल टेलिकमले ९ अर्ब ७४ करोड ९० लाख र नेपाल नागरिक उड्डयन प्राधिकरणले २ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

Back to top button