शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड र पूर्वाधारमा १ खर्ब ६३ अर्ब ३७ करोड बजेट

विराटनगर । सरकारले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब र ४ करोड र भौतिक पूर्वाधार क्षेत्रमा १ खर्ब ६३ अर्ब ३७ करोड बजेट विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्रमा विनियोजित बजेट पाठ्यक्रम वितरण, छात्रवृत्तिलगायतमा खर्च हुनेछ । एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ ।

बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश छ । शैक्षिक पूर्वाधारका लागि समेत बजेट व्यवस्था गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरी निर्माण काम पूरा गर्ने घोषणा गरेको छ ।

Back to top button