ठाकुर र महतो पक्ष ओली सरकारमा सहभागी हुने तयारीमा

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । मन्त्रालयको बाँडफाँडको विषयमा अहिले ठाकुर र महतो प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको हो ।

ठाकुर र महतो सरकारमा सहभागी हुने निश्चित भएपछि जसपामा फुटको विषय औपचारिक रुपमा उठ्न थालेको छ । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले अब दुबै समूह आ–आफ्ना बाटो लागे हुने भन्दै द्विट गर्नुभएको छ ।

Back to top button