
काठमाडौं । सरकारले कोरोना महामारीले यस वर्षको एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको गएराती बसेको बैठकले उक्त निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमण बढ्दै गएको अवस्थामा भौतिक उपस्थितिमा एसईई परीक्षण सञ्चालन हुन नसक्ने अवस्था रहेकोले आन्तरिक मूल्यांकन विधिबाट नतिजा सार्वजनिक गर्न प्रस्ताव गरेपछि मन्त्रिपरिषदले निर्णय गएको एक मन्त्रीले बताउनुभयो ।
यसअघि राष्ट्रिय परिक्षा बोर्डले एसईई र कक्षा १२ को परिक्षा सञ्चालन गर्न तीन वैकल्पिक विधि मन्त्रालयमा सिफारिस गरेको थियो ।