प्रदेश १ मा आज हावाहुरीसहित चट्याङ र पानी पर्ने संभावना

विराटनगर । प्रदेश १ का पहाडी र तराईका जिल्लाका साथै अन्य जिल्लामा आज हावाहुरीसहित चट्याङ र पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मेघगर्जनसहित आएको पाानीले पहाडी क्षेत्रमा सामान्य बदली र अन्य स्थानमा आंशिक बदली हुने विभागको पूर्वानुमान छ । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा विकसित न्यून चापीय वायुको प्रभाव रहने विभागले जनाएको छ ।

Back to top button