जसपाको फुट राजनीति

जसपा फुट्को प्रमुख कारणमध्येको एक मधेसको नेतृत्व कसले गर्ने नै हो  

डिएन पथिक,
विराटनगर । जनता समाजवादी पार्टी (जसपा) अन्ततः टुक्रिने नै भएको छ । जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले हिजो एक अर्कालाई कारबाही गरेर पार्टी फुटाउन लागेको हो ।

मुलुकमा संघीयता ल्याउन नेतृत्व गरेका यादव अहिलेसम्मको प्राप्त उपलब्धीलाई संरक्षणका लागि संविधान जोगाउन संघीयता बिरोधी राष्ट्रिय जनमोर्चासहितको विपक्षी गठनबन्धनलाई सघाइरहनुभएको छ भने ठाकुरले मधेसको मुद्दा स्थापित गराउन र रेशम चौधरीलगायतका मुद्दा फिर्ता गराएर थारु समुदायलाई अघि सार्न प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा हुनुहुन्छ । राजा महेन्द्रले मधेसमा अलगै पहिचान कायम गरेको थारु समुदायलाई ठाकुरले मधेसी समुदायको पहिचान दिने रणनीतिक खेलमा हुनुहुन्छ

जसपाको कार्यकारिणी समितिमा यादव पक्षको बहुमत भएकोले ठाकुर कमजोर देखिएको छ । ठाकुरले आज दिनभरि कार्यकारिणी समितिमा बहुमत पुर्‍याउने खेलमा लाग्ने एक नेताले बताउनुभयो ।

कार्यकारणी समितिमा राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव र प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले ठाकुरलाई धोखा दिएकाले बहुमत जुटाउन कठिन भइरहेको छ । ठाकुरले आज उहाँहरु लगायतका कार्यकारिणी समिति सदस्यहरुसँग छलफलमा जुटेको पार्टीसम्बद्ध एक नेताको भनाई छ ।

मुलुकमा संघीयता ल्याउन नेतृत्व गरेका यादव अहिलेसम्मको प्राप्त उपलब्धीलाई संरक्षणका लागि संविधान जोगाउन संघीयता बिरोधी राष्ट्रिय जनमोर्चासहितको विपक्षी गठनबन्धनलाई सघाइरहनुभएको छ ।

ठाकुरले मधेसको मुद्दा स्थापित गराउन र रेशम चौधरीलगायतका मुद्दा फिर्ता गराएर थारु समुदायलाई अघि सार्न प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा हुनुहुन्छ । राजा महेन्द्रले मधेसमा अलगै पहिचान कायम गरेको थारु समुदायलाई ठाकुरले मधेसी समुदायको पहिचान दिने रणनीतिक खेलमा हुनुहुन्छ । जसले थारुको समर्थनले ठाकुरको मधेसमा बलियो जनाधार तयार हुने निश्चित छ ।

ठाकुर र यादव दुबैको राजनीतिक उद्देश्य मधेसी, आदिवासी, जनजाति, मुस्लिम, अल्पसंख्यकलगायत शोषित, उत्पिडतको पक्षमा भए पनि आखिर फुट्न नै किन चान्छ । दुवै अध्यक्षलाई फट्न नदिन एक तहका मधेसी बौद्धिक वर्ग पहल गरिरहनुभएको छ । तर उहाँहरुको असफलता निश्चित छ ।

हतारहततार एकिकरण भएका तत्कालिन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी जसपामा परिणत भएको थियो । अहिले आएर दुबै अध्यक्ष पुनः किन एक अर्कालाई कारबाही गरेर पार्टी टुक्रयाउन खोजिरहनुभएको छ । यो विषय अहिले मधेस र देशमा चर्चामा छ ।

पार्टीगत हिसाबले मधेस र देशमा यादव ठाकुरभन्दा बलियो हुनुहुन्छ । मधेसमा सिङ्गो यादव, मुस्लिम र उप्पलो जातिका साथै अन्य जाताजातिको समर्थन रहेकोले यादव बलियो देखिनुभएको हो । ठाकुरसँग केही उप्पलो जातिका साथै पिछडावर्गको समर्थन रहेको र अहिले थारु समुदायको समर्थन जुटाएर यादवभन्दा अगाडी आउने राजनीति खेलमा लाग्नु भएको छ ।

जसपा फुट्को प्रमुख कारणमध्येको एक मधेसको नेतृत्व कसले गर्ने नै हो । कथित उपल्लो ब्राहमण जातिका ठाकुरले मधेसको नेतृत्व गर्ने की बहुसंख्यक यादव समुदायका उपेन्द्र यादवले गर्ने विषय नै पार्टी फुट्को महत्वपूर्ण कारण बनेको छ । यसमा देशी र विदेशी शक्तीहरुको पनि हात रहेको राजनीतिक विशलेषकहरुको भनाई छ ।

अहिले तत्काल दुबै अध्यक्षले एक अर्काको अस्तित्व स्विकारेर नभई दुबैले आ–आफना ठाउँबाट मधेसको नेतृत्व गर्ने दृढ संकल्पका साथ अघि बढेकोले जसपा फुटको विकल्प नभएको राजनीतिक विशलेषकहरुको भनाई छ ।

Back to top button