सिनोभ्याक खोपले पायो आपतकालीन प्रयोग अनुमति

काठमाडौं । चीनले उत्पादन गरेको सिनोफार्मपछि सिनोभ्याक खोपले विश्व स्वास्थ्य संगठनबाट आपतकालिन प्रयोग गर्न अनुमति प्राप्त गरेको छ ।

सिनोभ्याक १८ वर्ष उमेरमाथिका व्यक्तिहरुलाई दुई डोज लगाउनु पर्छ । पहिलो डोज लगाएको २ देखि ४ हप्तामा अर्को डोज लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सिनोभ्याक खोप लगाएपछि कोरोना संक्रमण भए पनि अस्पताल जाने अवस्था सृजना नहुने बिभिन्न्न अध्ययनहरुले देखाएको छ । सिनोभ्याक घरमा भएको फ्रिजमा पनि दुईदेखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्ने भएकोले विकासोन्मुख देशहरुमा प्रायोग गर्न सहज हुनेछ ।

विश्व स्वास्थ्य संगठनले अनुमति दिनुभन्दा अगाडि नै चीन, थाइल्याण्ड, ब्राजिल, इण्डोनेसिया, टर्की, मेक्सिको र चिलीमा सिनोभ्याक खोप प्रयोग भइसकेको छ ।

Back to top button